कालिका लघुवित्तको संस्थापक सेयर बिक्रिमा

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रिमा ल्याएको छ । लघुवित्तले सेयरधनीको नाममा रहेको १९ हजार ७ सय कित्ता संस्थापक सेयर बिक्रिबिक्रीमा ल्याएको हो ।

लघुवित्तले उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीलाई ३५ दिन भित्र आवश्यक कागजात सहित आवदेन दिन अनुरोध गरेको छ । तोकिएको मितिभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएको खण्डमा सेयर खरिद गर्न इच्छुक जुनसुकै संस्था वा अन्य व्यक्तिलाई बिक्रि गरिने छ । अन्य व्यक्ति वा संस्थाले भने सूचना जारी भएको १५ दिनभित्र आवश्यक कागजात संकलन गरि लघुवित्तको केन्द्रिय कार्यालय पोखरा कास्कीमा लिखित निवेदन दिन अनुरोध गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *