यात्रुबाहक क्रुज जहाजमा आगो लाग्यो

भूमध्यसागरको लोनियन समुद्रमा इटालीको झन्डा फहराउँदै अगाडि बढेको एउटा क्रुज जहाजमा आगो लागेको छ ।जहाजमा २३७ यात्रु र चालक दलका ५१ सदस्यहरु रहेको ग्रीकको बन्दरगाह प्रहरीले जनाएको छ ।

जहाजका यात्रुलाई उद्दार गर्न तीन ओटा टग बोट (जहाजलाई तान्ने शक्तिशाली डुंगा) र तीन ओटा गस्ती डुंगा घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ । सो जहाज ग्रीसको सहर इगोउमेनिस्ताबाट इटालीतर्फ बढेको बताइएको छ । ‘युरोफेरी ओलम्पियाका क्याप्टेनले डुंगा छोड्न भनेका  छन,’ प्रहरीले जनाएको छ ।

क्षतिबारे विवरण सार्वजनिक भएको छैन् । आगलागीको कारण नखुलेको र त्यसबारे अनुसन्धान सुरु गरिएको ग्रीसको तटीय गार्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *