नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सामान्य अंकको सुधार आएको छ । आज नेप्से ३.२९ अंकले बढेर १८२१.६० बिन्दुमा पुगेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक आज ०.०१ अंकले घटेर ३४९.०० बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता सेयर किनबेच भएको छ । यसदिन ६४ करोड १ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छ।
कुल २ वटा उपसमूहको सेयर मूल्य घटेको छ भने ११ उपसमूहको सेयरको मूल्य बढेको छ। आज कारोबार भएका कम्पनीमध्ये १३६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ६३ वटा कम्पनीको सेयरमूल्य घटेको छ । १७ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८४८.६० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार माई खोला हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंक भएको छ । यस कम्पनीको आज पाँच करोड एक लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।






