नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अधिकांशको बयान सकिएको छ । आइतबार बेलुका काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका पूर्व उप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान लिने कार्य गएराति सकिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइएको हो । सोमबार अपराह्नदेखि बयान लिन सुरु गरिएको र राति करिब ९ बजेतिर बयान लिने कार्य सकिएको सरकरी वकिल कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानले जानकारी दिए ।
उनका अनुसार यो प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणबाहेक सबैको बयान लिइसकिएको छ । खाँणको बयान लिने कार्य आज सकिने बनाइएको छ ।
आरोपितमाथि प्रहरीले अनुसन्धान गरी त्यसको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनेछ । त्यसपछि सरकारी वकिलको कार्यालयले प्रहरीको प्रतिवेदन अध्ययन गरी प्रक्रिया अगाडि बढाउनेछ ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता, २०७४ को ठगीसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐन, २०७० बमजिमको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।
अर्थ सन्जाल