एमाले नेता टोपबहादुर रायमाझी पासीकोटबाट पक्राउ

पूर्व उपप्रधानमन्त्री एवं सांसदसनेता रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपटि उनी फरार थिए ।

काठमाडाैं प्रहरीका अनुसार रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको हो ।

अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए । सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो ।

यस प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १२ जनामाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनीहरुविरुद्ध अबकाे १० दिनभित्रमा अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेकाे छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *