बालकृष्ण खाणलाई थप ४ दिन थुनामा राख्न अनुमति

काठमाडौं । पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान प्रहरीले अनुमति पाएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका खाणमाथि अनुसन्धानका लागि यसअघि लिइएको म्याद सकिएपछि म्याद थप गर्न अदालत लगिएको थियो ।

नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार राजधानीको मैजुबहालबाट पक्राउ परेका उनलाई थप ४ दिन थुनामा राखेर अुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *