अर्थ सन्जाल
२२ मंसिर २०८०, शुक्रबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२२ मंसिर २०८०, शुक्रबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

वैदेशिक लगानी आकर्षित गर्न संरचनात्मक सुधारमा ध्यान दिन विज्ञको सुझाव

  • अर्थ सन्जाल
  • २९ बैशाख २०८०, शुक्रबार २०:३६


नेपालमा विदेशी लगानी भित्र्याउनका लागि कानूनी एवं संरचनात्मक सुधार गर्नुपर्नेमा जोड दिइएको छ । लगानी बोर्ड र स्टान्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना र नेपाल आर्थिक पत्रकार समाज (सेजन)को संयोजनमा आज काठमाडौँमा सम्पन्न ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को अन्तिम सत्रका वक्ताहरूले नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि कानूनी संरचनासहित लगानीयोग्य आयोजना निर्माणमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका हुन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपालका लागि आवासीय प्रतिनिधि टेरेसा दबन सान्चेजले भन्, ‘नेपालको कानूनी संरचना सुधार्नुपर्छ, दिगो अर्थतन्त्रका लागि आयातमा आधारित राजस्व प्रणालीलाई परिवर्तन गर्नुपर्छ । त्यसका लागि उत्पादनमूलक क्षेत्रमा लागनी बढाउनुपर्छ ।’ उनले वैदेशिक लगानी आकर्षित गर्नका लागि आयोजना कार्यान्वयन क्षमता अभिवृद्धि र नीतिगत सुधारमा विशेष केन्द्रित हुन पनि सुझाव दिए ।

त्यसैगरी एसियाली विकास बैंका प्रमुख अर्थशास्त्री जान हान्सेनले नेपालमा लगानीमैत्री वातारण बनाउनका लागि प्रविधिमैत्री हुनुपर्ने बताए ।

उनले स्थानीयस्तरमा लगानी पु¥याउनका लागि सोहीअनुसारका फरक–फरक लगानीयोग्य आयोजना निर्माण गर्न नेपाललाई सुझाव दिए ।

अर्थशास्त्री हान्सेनले सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा नै लगानीको वातावरण सिर्जना हुने भएकाले आपसी सहकार्य गर्दै लागनीका क्षेत्र पहिल्याउनेतर्फ ध्यान दिन आग्रह गरे ।

त्यसैगरी संयुक्त राष्ट्रसङ्घ, वित्तीय विकास कोषका राष्ट्रिय कार्यक्रम संयोजक सरोज नेपालले नेपालका सङ्घ, प्रदेश र स्थानीय तहमा थुप्रै आयोजनाहरू रहेको उल्लेख गर्दै लगानीयोग्य आयोजना भने पाउन मुस्किल रहेको बताए ।

स्टान्डर्ड चार्टर्ड बैंक युकेका स्थिरतासम्बन्धी वरिष्ठ सल्लाहकार जोहन मुर्टनले सन् २०३० सम्ममा मध्यस्तरको आय भएको देशमा परिणत हुने र सन् २०४५ सम्ममा शून्य कार्वन उत्सर्जन गर्ने लक्ष्य लिएको नेपालले त्यस्तो लक्ष्य भेट्टाउनका लागि वातावरणमैत्री लगानीलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले वैदेशिक लगानीलाई आकर्षित गर्नका लागि तीव्र गतिमा विकास गरिरहेका विश्वका ठूला अर्थतन्त्र (भारत र चीन) बाट फाइदा लिन सक्नुपर्ने र त्यसका लागि नीतिगत सुधारलाई ध्यान दिनुपर्ने बताए ।

त्यसैगरी नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले सार्वजनिक क्षेत्र र निजी क्षेत्रको सहकार्यबाट मात्रै आर्थिक विकास अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्दै सोहीअनुसार नेपाल अगाडि बढेको जानकारी गराए ।

नेपाल पूर्वाधार बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले नेपालले लिएको आर्थिक लक्ष्य पूरा गर्नका लागि वैदेशिक सहयोग आवश्यक पर्ने र सोहीअनुसारका कार्यक्रम तय गरेर अगाडि बढ्नुपर्ने बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगानीमैत्री वातावरण सिर्जना गर्न नेपाल सक्षम रहेको बताए ।

उनले नेपालमा लगानी गर्नका लागि अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाले चासो देखाइरहेको जानकारी एि ।

सम्मेलनमा चार सत्रमा लगानीसम्बन्धी विभिन्न क्षेत्रमा बहस भयो । नेपालको लगानीका अवस्था एवं वित्तीय उपलब्धता, कानूनी, संस्थागत कार्यान्वयनको अवस्था, विकास र लगानी एवं सबल पक्षको उपयोग गर्दै अप्ठ्याराहरू निराकरण गर्नेजस्ता विविध विषयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रि क्षेत्रका विज्ञहरूले आ–आफ्ना धारणा राखेका थिए ।

Artha Sanjal
मिती : २९ बैशाख २०८०, शुक्रबार २०:३६ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

कालीमाटीमा आज कति छ तरकारी तथा फलफूलको मूल्य?

सेवा प्रवाहमा अवरोध गरेको भन्दै इन्भेष्टमेन्ट बैंकको ध्यानाकर्षण

एनएमबि हाइब्रिड फन्ड एल-१ ले आफ्नो स्वामित्वका धितोपत्र बोलकबोलमार्फत बिक्री गर्ने

काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प, कृत्रिम मूल्यवृद्धि

ताजा समाचार

  1. कालीमाटीमा आज कति छ तरकारी तथा फलफूलको मूल्य?
  2. सेवा प्रवाहमा अवरोध गरेको भन्दै इन्भेष्टमेन्ट बैंकको ध्यानाकर्षण
  3. एनएमबि हाइब्रिड फन्ड एल-१ ले आफ्नो स्वामित्वका धितोपत्र बोलकबोलमार्फत बिक्री गर्ने
  4. काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प, कृत्रिम मूल्यवृद्धि
  5. खुम्चिँदै निर्जीवन बिमा कम्पनीको व्यवसाय
  6. त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित मध्य राति दुई जना पक्राउ
  7. शुक्रबारको विदेशी मुद्राको विनिमय दर,कुनको कति?

विजनेश फोकस

एनएमबि हाइब्रिड फन्ड एल-१ ले आफ्नो स्वामित्वका ...

नबिल बैंकमा अब किओस्क मेसिनमार्फत आफैले चेक क्ल...

निर्वाण चाैधरीको आरोप : ‘एनसेल प्रकरणमा स...

एनसेल खरिद-बिक्री प्रकरण : छानबिन गर्न ५ सदस्यी...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.