कहिले हुदैँछ मोदी इनर्जीको आईपीओ बाँडफाँट ?

मोदी इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ  (आइतबार) बाँडफाँट गर्ने भएको छ ।  आइपीओ बैशाख ३१ गते बिहान ९ः३० बजे बाँडफाँट गर्ने तयारी गरेको बिक्रि प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा अन्तिमसम्म करिब १३ लाखको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिन साँझ ५ः०२ बजे सम्ममा १२ लाख ८६ हजार ६२३ आवेदकबाट १ अर्ब ४३ करोड १२ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख १२ हजार ९८० कित्ता सेर्यरको लागि आवेदन परेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँट गरी बैशाख १९ गतेदेखि जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ४३ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा विक्री गरेको थियो ।

सोमध्ये आउने ४ करोड ३५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो भने ५ प्रतिशत अर्थात २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ८७ हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको थियो।

आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट आवेदन नपरेको २० लाख ९५ हजार ६१० कित्ता शेयर थप गरी कुल ५९ लाख ९५ हजार ४२० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेकाले १० कित्ताका दरले सेयर बाँडफाँट हुनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *