नेप्सेमा तिन कम्पनीको साढे २० लाख कित्ता सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज तिन कम्पनीको साढे २० लाख कित्ता सेयर सूचीकृत भएको छ। नेप्सेमा ज्योति विकास बैंक, ग्लोबल आइएमई लघुवित्त र नेपाल ल्युब आयलको २० लाख ४० हजार ९९७.१८१२ कित्ता बोनस सेयर सूचीकृत भएको हो।

ज्योति विकास बैंकको १२ लाख ८० हजार ३२५।९९ कित्ता, ग्लोबल आइएमई लघुवित्तको ६ लाख ६३ हजार १०७.१९१२ कित्ता र नेपाल ल्युब आयलको ९७ हजार ५६४ कित्ता छन्।

तीनै कम्पनीले आर्थिक वर्ष २०७८/७९का लागि वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

उक्त आर्थिक वर्षका लागि ज्योति विकास बैंकले ३ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तले १२ प्रतिशत र नेपाल ल्युब आयलले २५ प्रतिशत बोनस सेयर  आफ्ना सेयरधनीहरुलाई वितरण गरेका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *