


नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज तिन कम्पनीको साढे २० लाख कित्ता सेयर सूचीकृत भएको छ। नेप्सेमा ज्योति विकास बैंक, ग्लोबल आइएमई लघुवित्त र नेपाल ल्युब आयलको २० लाख ४० हजार ९९७.१८१२ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
ज्योति विकास बैंकको १२ लाख ८० हजार ३२५।९९ कित्ता, ग्लोबल आइएमई लघुवित्तको ६ लाख ६३ हजार १०७.१९१२ कित्ता र नेपाल ल्युब आयलको ९७ हजार ५६४ कित्ता छन्।
तीनै कम्पनीले आर्थिक वर्ष २०७८/७९का लागि वितरण गरेको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
उक्त आर्थिक वर्षका लागि ज्योति विकास बैंकले ३ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तले १२ प्रतिशत र नेपाल ल्युब आयलले २५ प्रतिशत बोनस सेयर आफ्ना सेयरधनीहरुलाई वितरण गरेका थिए।
Artha Sanjal

अर्थ सन्जाल