कुमारी बैंकद्वारा १० लाखको बीमा रकम भुक्तानी

कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाता धारकको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ।

खाता धारकको परिवारका तर्फबाट हेमु खत्री भण्डारीलाई रकम हस्तान्तरण गरिएको थियो। उक्त रकम कुमारी बैंक लिमिटेडको नेपालगञ्ज शाखाबाट हस्तान्तरण गरिएको थियो।

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ। यस खातामा खातावालासहित परिवारका चारजना सदश्यले २६ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ। सो खातामा दुर्घटना मृत्यु, चिकित्सा उपचार र गम्भीर रोगहरुका लागि बीमा सुविधा प्रदान गरिन्छ।

कुमारी बैंकले विगत ४ वर्षदेखि ग्राहकहरुको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजनामार्फत बीमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटीएम तथा ६२ शाखारहित बैंकिङ इकाइसहितका सञ्जालहरुमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *