सनराइज बैंकका ग्राहकलाई अरोगिन हेल्थकेयरमा विशेष छुट

सनराइज बैंकले आफ्ना ग्राहकलाई स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौको विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसंग सम्झौता गरेको छ । सन्राइज बैंक तथा अरोगिन हेल्थकेयर बिच बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकको क्रेडिट, डेबिट कार्ड, क्यू आर वा मोवाइल बैकिङ्ग मार्फत अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रका विभिन्न सेवा तथा उपचार सुविधाहरुमा ४५ प्रतिशत सम्मको छुट पाउन सक्ने बैंकले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *