फागुन २२ देखि हकप्रद निष्काशन गर्दै आईएमई जनरल इन्स्योरेन्स

आईएमई जनरल इन्स्योरेन्सले आगामी २२ फागुनबाट हकप्रद शेयर बिक्री गर्ने भएको छ ।कम्पनीले ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर बिक्री गर्ने भएकाे हाे । फागुन १ गते कम्पनीले हकप्रद निष्काशनको लागि बुक क्लोज गर्नेछ ।

२८ माघ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने कम्पनिले जानकारी दिएकाे छ । लगानीकर्ताले आवेदन दिन सक्ने अन्तिम मिति चैत्र १३ गते सम्म छ।

नेपाल धितोपत्र बोर्डमा कम्पनीले भदौ १७ गते हकप्रद निष्काशनको अनुमति माग गर्दै आवेदन दिएको थियाे ।

गत माघ ६ गते बाेर्डले कम्पनिलाई अनुमति दिएकाे हाे । कम्पनीले शेयर निष्काशनका लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्ति गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *