अर्थ सन्जाल
२२ मंसिर २०८०, शुक्रबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२२ मंसिर २०८०, शुक्रबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

राष्ट्रिय वाणिज्य बैंकद्धारा कर्मचारीलाई उत्कृष्ट बैंक सेवा पुरस्कार प्रदान

  • अर्थ सन्जाल
  • २५ बैशाख २०८०, सोमबार १७:४१


राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औँ वार्षिकोत्सवका अवसरमा २०७९ माघ १० गते घोषणा गरिएका आव २०७७/७८ र २०७८/७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई एक समारोहबीच पुरस्कार प्रदान गरिनएको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले पुरस्कार वितरण गरेका हुन्। कार्यक्रममा सर्वोत्कृष्ट कार्य सम्पादन गरेबापत सर्वोत्कृष्ट बैंक पुरस्कार आव २०७८–७९को मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे र आव २०७७/७८ को ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख सरोज बस्नेतलाई जनही नगद रु. ५० हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ।

त्यसैगरी उत्कृष्ट कार्य सम्पादन गरेबापत आव २०७८/७९ मा अन्य ३३ जना र आव २०७७/७८ मा अन्य ३३ जना कर्मचारीलाई उत्कृष्ट बैंक सेवा पुरस्कार जनही नगद रु. २० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

सोही अवसरमा शाखा कार्यालयहरुमध्ये सर्वप्रथम हुने आव २०७८/७९ मा शाखा कार्यालय विराटनगर र आव २०७७/७८ शाखा कार्यालय सूर्यविनायकलाई प्रतिशाखा नगद रु. ५० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यसैगरी अन्य उत्कृष्ट कार्यसम्पादन गर्ने आव २०७८/७९ मा १७ वटा शाखा र आव २०७७/७८ मा अन्य १७ वटा शाखा कार्यालयका प्रबन्धकहरुलाई जनही नगद रु. १० हजारदेखि रु. ३० हजारसम्म र प्रमाणपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा कर्मचारीहरुलाई वरिष्ठ बैंकर्स अनिल केशरी शाहबाट ट्रान्सफरमेसनल लिडरसिप विषयमा प्रशिक्षणसमेत प्रदान गरिएको थियो।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रवन्धकहरुलाई पुरस्कार प्रदान गर्दै बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधि र सोचको विकास भइरहेको सन्दर्भमा कर्मचारीहरुले दक्षतापूर्ण रुपले कार्य गर्नुपर्ने बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लामो समयदेखि उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने गरेकाले कार्यसम्पादनमा यसको उपलब्धि देखिएको बताए।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु विमल डंगोल, पवन रेग्मी र दुर्गाकुमारी कँडेल, रा.वा. बैंक कर्मचारी संघ नेपालका वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद तिमिल्सिना, नेपाल वित्तीय संस्था कर्मचारी संघ, रावा बैंकका अध्यक्ष ईश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रावा बैंकका उपाध्यक्ष जितेन्द्र राईलगायत कर्मचारीको उपस्थिति थियो। ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७१ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ, क्यूआर कोड सेवा, पीओएस (प्वइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोबाइल बैंकिङ तथा बिना इन्टरनेट चल्ने यूएसएसडी मोबाइल बैंकिङका सेवाहरुसमेत सञ्चालनमा रहेका छन्।

Artha Sanjal
मिती : २५ बैशाख २०८०, सोमबार १७:४१ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

आशलाग्दा खेलाडी देव र गुलशन पनि आउट

खुम्चिँदै निर्जीवन बिमा कम्पनीको व्यवसाय

मौद्रिक नीतिको समीक्षा : बैंक दर र नीतिगत दर घट्यो, ब्याजदर पनि घट्ने (पूर्णपाठ)

ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा किसान खुसी

ताजा समाचार

  1. आशलाग्दा खेलाडी देव र गुलशन पनि आउट
  2. खुम्चिँदै निर्जीवन बिमा कम्पनीको व्यवसाय
  3. मौद्रिक नीतिको समीक्षा : बैंक दर र नीतिगत दर घट्यो, ब्याजदर पनि घट्ने (पूर्णपाठ)
  4. ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा किसान खुसी
  5. मौद्रिक नीतिको समीक्षा : सेयर धितो कर्जाको जोखिमभार घट्यो
  6. भूकम्पले क्षति भएका घर बनाउन सहुलियत ब्याजमा कर्जा दिइने
  7. बढ्यो सुनको भाउ, चाँदीको स्थीर

विजनेश फोकस

मौद्रिक नीतिको समीक्षा : बैंक दर र नीतिगत दर घट...

एनएमबि हाइब्रिड फन्ड एल-१ ले आफ्नो स्वामित्वका ...

नबिल बैंकमा अब किओस्क मेसिनमार्फत आफैले चेक क्ल...

निर्वाण चाैधरीको आरोप : ‘एनसेल प्रकरणमा स...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.