गठबन्धनभित्रै घेराबन्दीमा देउवा

प्रतिनिधिसभामा बुधबार एमसिसी सम्झौता पेस गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधव नेपालले सहमतिबिना अघि बढे गठबन्धन टुट्ने धम्की दिएपछि त्यसबाट पछि हटेका छन् । ‘विगतदेखि नै माओवादी र नेकपा एसको धारणा स्पष्ट छ। संशोधनबिना एमसिसी सदनमा पेस गर्नुहुँदैन। गठबन्धन दलहरूबीच सहमति नगरी प्रधानमन्त्री एक्लै अघि बढ्न खोज्नुभयो । प्रधानमन्त्री एक्लै अघि बढ्नु भनेको गठबन्धन टुट्नु नै हो,’ माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने। आजको नागरिक दैनिकमा समाचार छ ।

माओवादी संसदीय दलको बुधबार बसेको बैठकले एमसिसी सम्झौता संशोधनबिना सदनमा पेस गर्न नहुने र प्रधानमन्त्री एक्लै अघि बढे सरकार छाड्ने निर्णय गरेको छ। संसदीय दलको निर्णय बोकेर अध्यक्ष दाहाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए। दाहालले एमालेले सदनमा गरेको अवरोध हटाउनुपर्ने, एमसिसीमा संशोधन र राष्ट्रिय सहमति गर्नुपर्ने प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। उनले प्रधानमन्त्री एक्लै अघि बढ्न खोजे आफ्नो दल सरकारबाट हट्ने जानकारी पनि गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *