


सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक १६.९३ अंकले घटेर १८३३.६९ विन्दुमा ओर्लिएको छ ।
यसदिन २७० कम्पनीको २८ लाख १० हजार ६२७ भन्दा बढी कित्ता सेयर किनबेच भएको छ । आज ८२ करोड ४२ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।
आज ३४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । १८१ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । आज सबै सूचक राताम्मे बनेको छ ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८.०५ प्रतिशतले बढेर प्रतिकित्ता७९२ रुपैयाँ पुगेको छ । यसदिन हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ९.९९ प्रतिशत भन्दा बढीले घटेको छ ।
आज कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज तीन करोड ७८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
Artha Sanjal

अर्थ सन्जाल