राजश्व संकलनको अवस्था कहालीलाग्दो छ : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं । एमाले सांसद एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले राजश्व संकलनको अवस्था कहालीलाग्दो अवस्थामा पुगेको बताए । प्रतिनिधिसभा जारीबजेट अर्थात बर्खे अधिवेशनको दोस्रो बैठकमा बोल्दै उनले चालु आर्थिक वर्षको राजश्वको लक्ष्यको तुलनामा ५० प्रतिशत कम राजश्व गर्न संकलन भएको बताए ।

अहिले राजश्वले साधारण खर्चसमेत धान्न नसकेको उनले बताए । उनले भने – ‘अहिले राजश्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था सिर्जना भएको छ । उत्पादन, रोजगारी, माग आपूर्ति, आयात, निर्यात सबैतिर भारी मात्रामा गिरावट छ ।’

निजि क्षेत्रले इतिहासमा कहिले नभोगेको पीडा महसुस गर्नुपरेको र त्रासमा बाच्नुपरेको उनको भनाइ थियो ।

लघुवित र सहकारी क्षेत्रमा देखिएका समस्याहरु अत्यन्त विकराल बनेको उनले बताए । यी समस्याहरुले अर्थतन्त्रलाई अर्को कोणबाट चुनौती दिएको उनको भनाइ छ ।

आर्थिक दृष्टिकोणले मुलुक गम्भीर समस्यामा रहेको उनले उल्लेख गरेका छन् । मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा छैन भन्ने सच्याइलाई महसुस गर्दै सिद्धान्त र प्राथमिकता तय हुनुपर्ने र सोही अनुरुप आगामी वर्षको बजेट निर्माण हुनुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *