काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्यालाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उक्यालाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार उक्याले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छिन्।
उनी युएनडीपीकी कर्मचारी हुन्।




