विश्वव्यापी ब्रान्ड भिभोले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत बहुप्रतिक्षित नयाँ स्मार्टफोन भी२७ सिरिज सार्वजनिक गरेको छ।
यी दुवै स्मार्टफोनहरु ८ तारिखदेखि १४ तारिखसम्म ९वैशाख २५ देखि ३१ गतेसम्म० प्रि–बुकिङ लागि उपलब्ध हुनेछन्। ग्राहकले रु ३ हजार तिरेर भी२७ फाइभजी वा भी२७ई को प्रि–बुकिङ गर्न सक्नेछन्। साथै ग्राहकहरुले भी२७ फाइभजी को प्रि–बुकिङमा भिभो टीडब्लुएस एयर र भी२७ई को प्रि–बुकिङमा नोइज कलर फिट ग्राण्ड एयरबड पाउनेछन्।फोनमा स्लिक डिजाइन, भी२७ फाइभजीमा औरा लाइट पोट्रेट सिस्टम, ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यास चार्जलगायतका आकर्षक विशेषताहरु छन्।
भिभो भी२७ सिरिजको बारेमा भिभो नेपालका जनरल म्यानेजर माइकलले भिभो भी सिरिजको उत्कृष्ट कार्यसम्पादन तथा नवीन विशेषताहरुले गर्दा प्रयोगकर्ता सधैँ यस स्मार्टफोनप्रति आकर्षित हुँदै आएको बताउनुभयो ।
ग्लोइङ पोट्र्रेट सुनिश्चित गर्ने आकर्षक र उत्कृष्ट क्यामेरा
भी२७ सिरिजका स्मार्टफोनहरुले मोबाइल फोटोग्राफीको संसारमा गेम–परिवर्तकका रुपमा काम गर्नेछ। भी२७ फाइभजीमा औरा लाइट पोट्रेट प्रणाली छ। जसले ग्लोइङ पोट्रेमा एक्सपोजरलाई बढाएर उत्कृष्ट एवं आकर्षक फोटोहरु खिच्न मद्दत गर्दछ।
भी२७ फाइभजीमा ५०एमपी अल्ट्रा–सेन्सिङ रियर क्यामेरा र ५०एमपी अटोफोकश सेल्फी क्यामेराको साथमा सोनी आइएमएक्स७६६भी सेन्सर रहेको छ। साथै, भी२७ फाइभजीले सफ्ट र एकसमान प्रकाश प्रभाव प्रदान गर्दछ। जसले प्रयोगकर्ताहरुलाई रातीको समयमा पनि स्पष्ट, प्राकृतिक र उत्कृष्ट तस्बिरहरु खिच्न मद्दत गर्दछ।
त्यस्तै भी२७ई को ६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेराले स्थिर स्न्यापसटहरु प्रदान गर्दछ र कम प्रकाश अवस्थाहरुमा खिचिएका तस्वीरहरुको गुणस्तर वृद्धि गर्दछ। यसमा भएको ३२एमपी एचडी सेल्फीबाट प्रयोगकर्ताहरुले स्पष्ट तस्वीरहरु खिच्न सक्छन्।
मूल्य कति ?
भी२७ सिरिजमा ४६०० एमएएच ब्याट्री र ६६ वाट फ्ल्यासचार्ज छ र दुवै फोनहरु केवल १९ मिनेटमा ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। भी२७ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ७२०० प्रोसेसर रहेको छ जुन ४एनएम मेकानिज्ममा सुसज्जित छ। त्यस्तै भी२७ई मा मिडियाटेक हेलियो जी९९ प्रोसेसर रहेको छ। जसले सहज रुपमा एपहरुबाट स्वीच गर्न र डेटा स्टोर गर्न मद्दत गर्दछ।
भी२७ फाइभजी दुई आकर्षक रंङमा– म्याजिक ब्लू र नोबल ब्ल्याकमा ५८ हजार ९९९ मा उपलब्ध हुनेछ र भी२७ई दुई उत्कृष्ट रङमा– ल्याभेन्डर पर्पल र ग्लोरी ब्ल्याकमा ४१ हजार ९९९ मा उपलब्ध हुनेछ। दुवै स्मार्टफोन ८ं२५६ जीबी भेरियन्टमा मे १५ अर्थात् जेठ १ गतेबाट देशभरका सबै रिटेल स्टोरहरु र ई–कर्मसमा उपलब्ध हुनेछ।






