सशस्त्र प्रहरीका सीमा सुरक्षा प्रमुखमाथि खुकुरी प्रहार

सशस्त्र प्रहरीका बीओपी प्रमुखमाथि खुकुरी प्रहार भएको छ । दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो ।  शुक्रवार राति होहल्ला गरेको समूहलाई सम्झाउन गएका सई चौंसिरमाथि खुकुरी प्रहार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता प्रकाश डाँगीका अनुसार शुक्रबार राति १० बजेको समयमा बिओपी प्रमुखमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट उनको बायाँ पाखुरामा चोट लागेको छ ।

खुकुरी प्रहार गरी फरार रहेकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *