

काठमाडौं । संखुवासभामा हेलिकप्टर दुर्घटनामा घाइते भएका ५ जनामध्ये गम्भीर घाइते भएका ३ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । गम्भीर घाइते भएका क्याप्टेनसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
अवस्था सामान्य रहेका २ जनाको भने खाँदीबारीमै उपचार गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ छन् ।
उनीहरुलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले दुर्घटनास्थलबाट उद्धार गरेको हो ।
Artha Sanjal

अर्थ सन्जाल