नेपाल इन्भेष्टमेन्ट मेगा बैकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्रीका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

सम्झौतामा नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

बैंकले प्रति ऋणपत्र एक हजार अंकित दरका कुल ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।  यो ऋणपत्रको अवधि १० बर्ष रहेको छ भने बैंकले बार्षिक १० प्रतिशत ब्याजदर प्रदान गर्ने छ ।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बैंकले ऋणपत्र निष्काशन गर्ने छ  ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *