काठमाडौं । आज शेयर बजार झिनो अंकले घटेको छ। नेप्से परिसूचक १.०४ अंकले घटेर २५५७.३१ को विन्दुमा झरेको हो।
आज ३४८ कम्पनीको शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड माथिको शेयर कारोबार भएको छ । आज १४६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल एसबिआई बैंकको १६ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । चिलिमे हाइड्रोको १६ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । घोराही सिमेन्टका लगानीकर्ताले ८.१९ प्रतिशतका दरले कमाएका छन् । सोनापुरका लगानीकर्ताले ५.०५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै अपर हेवाखोलाका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९.४५ प्रतिशतका दरले गुमाएका हुन् ।




