सुमेरु ग्रुपको सम्पत्ति बचेर बचतकर्ताको पैसा फिर्ता गर्ने सुमेरु सहकारीको प्रतिबद्धता

काठमाडौं । सुमेरु बचत तथा ऋण सहकारी संस्थाले सम्पत्ति बेचेरै बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको सुमेरु बचत तथा ऋण सहकारी संस्थाले सुमेरु ग्रुपको सम्पत्ति बेचेर बचतकर्ताको बचत फिर्ता गर्ने बताएको हो ।

सो सहकारीको सञ्चालकहरू भागेको र बचतकर्ताको बचत जोखिममा पुगेको भन्ने समाचारहरु बाहिरिएपछि सहकारीले प्रेस विज्ञप्ति जारी गर्दै बचत फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । त्यसका लागि बचतकर्तालाई धैर्य गर्न सहकारीले आग्रह गरेको छ ।

सहकारीले नियम अनुसार साँवा ब्याज भुक्तान गर्न नसकेको भन्दै माफी मागेको छ । विज्ञप्तिमार्फत् सहकारीले सञ्चालकहरु नभागेको पनि दावी गरेको छ । विभिन्न सञ्चार माध्यमममा सहकारीका सञ्चालक भरत महर्जन लगायतका सञ्चालकहरु विदेश भागेको विषय आएपनि उनीहरु नभागेको सहकारीको दाबी छ ।

सुमेरुले प्रदेश रजिष्ट्रारको कार्यालयमा पेश गरेको वित्तीय विवरण अनुसार ८ अर्ब बढी दायित्व र १० अर्ब सम्पत्ति रहेको छ। सहकारीले सर्वसाधारणको झण्डै ८ अर्ब रुपैया बचत रकम फिर्ता गर्न नसकेको बुझिएको छ । सुमेरु समूहले सहकारीका सदस्यको रकम सुमेरू हस्पिटल, कलेज, घरजग्गा लगायतका क्षेत्रमा लगानी गरेको बताइएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *