

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १ लाख कित्ता बढी सेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ६ हजार ९१२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
बिक्रीमा राखिएको सेयरमा हाललाई संस्थाका संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीहरुले ललितपुरको महालक्ष्मी–४ स्थित संस्थाको कर्पोरेट कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।
तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य सर्वसाधारण तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।
Artha Sanjal

अर्थ सन्जाल