

चितवनका एक पोल्ट्री व्यवसायी शंकर कँडेल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।भरतपुर महानगरपालिका वडा नम्बर ३ बेलचोकस्थित आफ्नो अफिसको कोठाभित्र कँडेल झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
अनमोल फिड्सका सञ्चालक कँडेल झुण्डिएको कोठामा सुसाइड नोट भेटिएको चितवन जिल्ला प्रहरी कर्यलयले जानकारी दिएको छ।
कँडेल साँझतिर झुण्डिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीले अहिले घटनास्थलको मुचल्का उठाएर कँडेलको शव पोष्टमार्टमका लागि पठाएईसकेको जनाएको छ ।
कँडेल नेपाली कांग्रेस चितवनका कांग्रेस महासमिति सदस्य थिए ।
Artha Sanjal

अर्थ सन्जाल