नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा ओर्लिएको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.१२ अंकले घटेर ३५७.०२ बिन्दुमा ओर्लिएको छ ।
यसदिन २७१ कम्पनीको २३ लाख ३६ हजार ६२५ भन्दा बढी कित्ता सेयर किनबेच भएको छ । आज ६९ करोड २२ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ ।
आज ६८ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । १४४ कम्पनीको सेयर मूल्य घट्दा ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । कुल ६ वटा उपसमूहको सेयर मूल्यमा राताम्मे भएको छ भने ७ उपसमूहको सेयरको मूल्य बढेको छ ।




