अर्थ सन्जाल
२० मंसिर २०८०, बुधबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२० मंसिर २०८०, बुधबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

नेपाललाई सात अर्ब ऋण निकासा गर्दै मुद्रा कोष

  • अर्थ सन्जाल
  • १९ बैशाख २०८०, मंगलवार १५:२८


काठमाडौं । नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले अमेरिकी डलर पाँच करोड २८ लाख (करिब सात अर्ब रुपैयाँ) बराबर ऋण निकासा दिने भएको छ ।

आइएमएफले सोमबार जारी गरेको विज्ञप्तिअनुसार कार्यकारी समिति (एक्जुकेटिभ बोर्ड) बैठकले इसिएफअन्तर्गतको ऋण निकासा दिने निर्णय गरेको हो । मुद्रा कोषको टोलीले गत फेब्रुअरी १५ देखि २८ तारिखसम्ममा नेपाल आएर इसिएफअन्तर्गतका कार्यक्रमको कार्यप्रगति समीक्षा गरेको थियो । पहिलो र दोस्रो चरणको समीक्षापछि नेपाललाई थप ऋण निकासा गर्न लागिएको मुद्रा कोषले जनाएको छ ।

विदेशी मुद्रा सञ्चिति घट्दै गएर भुक्तानी सन्तुलन बिग्रिएपछि नेपालले आएमएफमार्फत इसिएफ ऋण सहायता लिने प्रक्रिया थालेको थियो । गत वर्ष अर्थात् सन् २०२२ जनवरी १२ तारिखमा आइएमएफको कार्यकारी समितिले नेपाललाई स्पेसल ड्रइङ राइट (एसडिआर) का रुपमा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबर इसिएफ उपलब्ध गराउने निर्णय गरेको थियो ।

आइएमएफबाट इसिएफ सुविधाअन्तर्गत पाइने

सहुलियतपूर्ण ऋणको कोटामा नेपालले एक सय ८० प्रतिशतसम्म ऋण लिएको छ । त्यस्तो, सहुलियतपूर्ण ऋणमध्ये अमेरिकी डलर ११ करोड बराबर आइएमएफले गत वर्ष जनवरीमै निकासा दिएको थियो । हाल निकासा दिन लागिएको पाँच करोड २८ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण पनि त्यही सम्झौताअन्तर्गतको अर्को किस्ता हो । नेपालले बजेट फाइनान्सिङका रुपमा प्रयोग गर्न पाउने गरी ३८ महिनाको वित्तीय सहायता प्याकेजका रुपमा आइएमएफले यस्तो सहुलियतपूर्ण ऋण सुविधा नेपाललाई दिएको हो ।

नेपालले यसअघि सन् २०२० मे महिनामा आइएमएफमार्फत र्यापिड क्रेडिट फेसिलिटी (आरसिएफ) का रुपमा अमेरिकी डलर २१ करोड ४० लाख बराबर ऋण लगिसकेको छ । इसिएफमार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षाका क्रममा नेपालको आर्थिक वृद्धिदरमा सङ्कुचन रहेको तथा आन्तरिक र बाह्य क्षेत्र समेतको व्यवस्थापनका लागि चालिएका नीतिगत कदमहरुको प्रभाव अर्थतन्त्र देखिन थालेको आइएमएफले उल्लेख गरेको छ । कसिलो मौद्रिक नीतिले बाह्य क्षेत्र व्यवस्थापनमा सघाएको र बजेटको अर्धवार्षिक समीक्षाबाट चालिएका सरकारका कदमले अर्थतन्त्रमा आगामी दिनमा देखिनसक्ने चुनौती सम्बोधन गर्न खोजेको पनि आइएफएफले जनाएको छ ।

Artha Sanjal
मिती : १९ बैशाख २०८०, मंगलवार १५:२८ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

रमेश कर्प र बोन्जोय ट्राभल बीच ट्राभल सेवा उत्कृष्ट बनाउन साझेदारी

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा

आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्छः अध्यक्ष मल्ल

ताजा समाचार

  1. रमेश कर्प र बोन्जोय ट्राभल बीच ट्राभल सेवा उत्कृष्ट बनाउन साझेदारी
  2. नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद
  3. टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा
  4. आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्छः अध्यक्ष मल्ल
  5. विप्लवलाई पक्राउ पुर्जीविरुद्ध काठमाडौंमा मसाल जुलुस
  6. नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा
  7. एनसेल प्रकरण : नियामकलाई किन जानकारी भएन ? के सेयर खरिद–बिक्री विद्यमान विधि र प्रक्रियाभित्र छ ?

विजनेश फोकस

बैंकका सीईओभन्दा आधा कम तलब भत्ता बुझ्छन् गभर्न...

कामना सेवा विकास बैंकको साधारणसभा पुस १७ मा

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ आज बाँडफाँड हुँदै

हिमालयन डिस्टिलरीले गर्‍यो लाभांश घोषणा

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.