राष्ट्र बैंकले विद्यमान बैंकिङ कानुनहरूलाई परिमार्जन गर्ने

नेपाल राष्ट्र बैंकले विद्यमान बैंकिङ कानुनहरूलाई परिमार्जन गर्ने भएको छ । राष्ट्र बैंकको ६८ औँ वार्षिकोत्सवमा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले केही नयाँ कानुनहरू मस्यौदा गरिएको बताए ।

गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ संशोधनको मस्यौदा तयारी भइरहेको जानकारी दिएका हुन्।

विनिमय अधिकारपत्र ऐन, २०३४, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ तथा वित्तीय सम्पत्ति पुनर्संरचना तथा धितोपत्रीकरण (सेक्युरिटाइजेसन) सम्बन्धी कानुन पनि मस्यौदा तयार भएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *