ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल मंगलबारदेखि १६ वर्षमा प्रवेश गरेको छ।
२०६२ साल फागुन ३ गतेदेखि अल्का अस्पताल सञ्चालनमा आएको हो।
‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौ’ भन्ने स्लोगनसहित कुमार थापाले अल्का अस्पताल संचालन गरेका हुन्। स्वास्थ्य मन्त्रालयले १४ वर्षअघि अल्का अस्पताललाई सञ्चालनका लागि अनुमति दिएको थियो। अल्का अस्पतालमा सय शय्या छ।
‘१६ वर्ष पुग्दा हामी निकै खुसी छौँ’, अस्पतालका सञ्चालक तथा अध्यक्ष कुमार थापाले भने, ‘हामीलाई विश्वास गरेर यहाँसम्म पुर्याइदिनुभएकोमा सबैलाई धन्यवाद दिन चाहन्छौँ।’
अध्यक्ष थापाले सेवाग्राहीले अस्पताल प्रति गरेको विश्वासका साथै अस्पतालका चिकित्सक र कर्मचारीहरुको लगावलाई आफूले सधैँ सम्झिरहने बताए।
सेवाग्राहीहरुलाई सहज र सरल रुपमा उपचार दिन अल्का अस्पतालले अझ सेवा थप र विस्तार गर्न लागेको अस्पतालकी कार्यकारी निर्देशक विद्या थापा श्रेष्ठले बताइन्। अस्पतालले केही समयअघि अल्का आइभिएफ सेन्टर र डाइबेटिज सेन्टरको स्तरोन्नति गरेको थियो।
अल्का अस्पतालले उपचारमा भित्रिएका नयाँ नयाँ प्रविधिहरु भित्र्याएर विरामीहरुलाई सेवा दिँदै आइरहेको छ। अल्का अस्पतालमा सुविधा सम्पन्न एनआईसीयू कक्ष रहेको छ। यसका साथै टेष्ट ट्यु्व बेबी सेवा, प्रसूति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटु रोग, तथा यसका सम्पुर्ण परीक्षण पनि अस्पतालमा हुँदै आएको छ।
नशासम्बन्धी, बाथ रोगसम्बन्धी, यौन तथा छालारोगसम्बन्धी, ग्यास्ट्रोलोजि, रेडियोलोजी, आँखा, नाक, कान घाँटी, दाँत रोग, युरोलोजिष्ट, कलेजोरोग, एनेस्थेसिया विशेषज्ञहरुबाट अस्पतालले विरामीहरुलाई सेवा दिने सेवामा पनि अल्का अगाडि छ।
१६ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा अस्पतालले यस वर्ष पनि विगतका वर्षहरु झै रक्तदानको कार्यक्रम आयोजना गरेको छ ।
वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले आईभीएफमा यही फागुन ३ गतेदेखि १० गतेसम्म शनिबारबाहेक ओपीडी निःशुल्क गरेको छ।
आईभीएफ टेष्टमा २० प्रतिशत छुट तथा आईभीएफ र आइयुआइमा विशेष सहुलियत दिइने अल्का अस्पतालले जनाएको छ।