बारा–२ मा उपेन्द्रले कटाए २१ हजार मत, जनमतका कुशवाहा पछ्याउँदै

बारा २ मा जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राख्दै २१ हजार मत कटाएका छन् । पछिल्लो पटक प्राप्त नतिजा अनुसार उनले २१ हजार ४८६ मत पएका छन् ।

जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १८ हजार ६८३ मतका साथ यादवलाई पछ्याइरहेका छन् । कुशवाहाले यादवसँगको पाँच हजारभन्दा बढी मतको अग्रता घटाउँदै आएका छन् ।

तेस्रोमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६ हजार २७६ मत पाएका छन् भने २ हजार ५२६ मतका साथ रास्वपाका रमेश खरेल चौथो स्थानमा छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *