


तनहुँ १ मा मतगणना जारी छ । पछिल्लो विवरण अनुसार मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रतालाई कायमै राखेका छन् । वाग्लेले १९६५३ मत पाएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ११६६९ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ६२६९ मतका साथ कांग्रेसका भट्टराईलाई पछ्याइरहेका छन् ।
Artha Sanjal

अर्थ सन्जाल