नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सामान्य अंकको सुधार आएको छ । आज नेप्से २.७१ अंकले बढेर १८८८.३२ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.२३ अंकले बढेर ३५९.३७ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर किनबेच भएको छ । यसदिन ७५ करोड १३ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छ। कुल ४ वटा उपसमूहको सेयर मूल्य घटेको छ भने ९ उपसमूहको सेयरको मूल्य बढेको छ।

आज कारोबार भएका कम्पनीमध्ये १२० वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ८५ वटा कम्पनीको सेयरमूल्य घटेको छ । १५ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *