


चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना जारी छ । प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेका रामप्रसाद न्याैपानलेले सुरुवाती अग्रता लिएका छन् ।
न्याैपानले ३६७ मतका साथ झिनाे मतान्तरले अग्रता लिएका हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका रवि लामिछानले पछ्याइरहेका छन् । लामिछानेको ३१९ मत छ । यसैगरी नेपाली कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ २४४ मतका साथ तेस्राे स्थानमा छन् ।
चितवन २ मा गत ४ मंसिरको आमनिर्वाचनबाट रास्वपाका रवि लामिछाने नै निर्वाचित भएका थिए । तर उनी नागरिकता विवादमा अदालतबाट दोषी ठहर भएपछि उपनिर्वाचन गर्नुपर्ने अवस्था आएकाे हो ।
आइतबार चितवन २ सहित तनहुँ १ र बारा २ मा उपनिर्वाचन भएकाे हाे । तनहुँ १ बा निर्वाचित कांग्रेसका रामचन्द्र पाैडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित जनता समाजवादीका रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि आइतबार तीन वटै क्षेत्रमा उपनिर्वाचन भएकाे हाे ।

अर्थ सन्जाल