मोदी इनर्जीले सच्यायो आईपीओ आह्वानपत्र

मोदी इनर्जीले आईपीओ बिक्रीका लागि जारी गरेको आह्वानपत्र सच्याएको छ । मोदी इनर्जीले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि जारी गर्ने भनेको आईपीओमा त्रुटी भएपछि सच्चाएको हो।

आइतबार (वैशाख १० गते) प्रकाशित आह्वानपत्रमा सर्वसाधारणलाई निष्काशन गरिने सेयर संख्या ५५ लाख ५९ हजार ४२० कित्ता हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको कम्पनीले जानकारी गराएको छ । यसअघि प्रकाशित आह्वानपत्रमा भने सर्वसाधारणका लागि ५९ लाख ९४ हजार ४२० कित्ता सेयर निष्काशन गरिने उल्लेख थियो ।

कम्पनीले कुल ७२ लाख ५० हजार कित्तामध्येबाट आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि नै आइपीओ बाँडफाँट गरिसकेको छ । त्यस्तै, ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ । ५५ लाख ५९ हजार ४२० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ ।

प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने जेठ २ गतेसम्म खुला रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *