लुम्बिनी विकास बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । लुम्बिनी विकास बैंकले ‘एलबीबीएल डिबेन्चर–२०८९’ निष्काशन गर्न अनुमति पाएको हो ।
योसँगै अब लुम्बिनी विकास बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ऋणपत्र बिक्री खुला गर्नेछ । कुल इकाइमध्ये बैंकले ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख इकाइको सार्वजनिक निष्काशन गर्नेछ ।
यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्। लुम्बिनी विकास बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
Artha Sanjal
अर्थ सन्जाल