दोल्ती पावरको आईपीओ बाँडफाँट, १२ लाखभन्दा बढी आवेदकको हात खाली

दोल्ती पावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ । धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले काठमाडौंको बत्तीसपुतलीस्थित काजीको किचेनमा दिउँसो ३ बजे एक कार्यक्रमका बीच आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो । आईपीओमा १३ लाख ८३ हजार ७२४ आवेदकबाट परेको कुल १ करोड ५२ लाख ६७ हजार ३६० कित्ता माग भएको थियो।

त्यसमध्ये १२ लाख ६८ हजार ९४६ आवेदकबाट परेको १ करोड ३५ लाख ५४ हजार १३० कित्तामात्रै सदर भएको बिक्री प्रबन्धकले जनाएको छ

१ लाख १४ हजार ७७८ आवेदकबाट परेको १७ लाख १३ हजार २३० कित्ता रद्द तथा बदर भएको छ । यो हिसाबले सदर आवेदकमध्ये ११ लाख ४१ हजार ७६० आवेदकको हात खाली भएको छ।

गोलाप्रथाबाट बाँडफाँट गर्दा भाग्यमानी १ लाख २७ हजार १८६ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये १ जनाले थप १ कित्ता सेयर प्राप्त गरेका छन् ।

यो कम्पनीले गत चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका १२ लाख ७१ हजार ८६१ कित्तामा बिक्री खुला गरेको थियो।

यसअघि सर्वसाधारणलाई जारी हुनेमध्ये १० प्रतिशतले हुन आउने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ भने ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो।

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *