नेपाल राष्ट्र बैंकले आज वैशाख ८ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १४ पैसा र बिक्री दर १३१ रुपैयाँ ७४ पैसा पुगेको छ । यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ८९ पैसा र बिक्री दर १४४ रुपैयाँ ५५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १५ पैसा र बिक्री दर १६३ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।




