गाउँपालिका पूर्व अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय प्रमुखसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । भ्रष्टाचार अभियोगमा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्व अध्यक्ष रामबल्लभ साह, उपाध्यक्ष आशादेवी यादव र प्रमुख प्रशाकीय प्रमुखसहित २३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।

लक्ष्मीपुर–४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुल/कल्भर्ट निर्माण समयमै सम्पन्न नगरेको, भएका काम पनि कम गुणस्तरका देखिएको र भुक्तानी नै गर्न नमिल्ने ३१ लाख ७४ हजार ४६७ रुपैयाँ मिलेमतोमा उपभोक्ता समितिलाई भुक्तानी दिने/लिने गरेको पुष्टि गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आरोपपत्रमा तत्कालीन गाउँपालिकाका अध्यक्ष साह, उपाध्यक्ष यादव, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, उपभोक्ता समिति अध्यक्षसहित २३ जनालाई विपक्षी बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *