अर्थ सन्जाल
२७ जेष्ठ २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२७ जेष्ठ २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

१५९ वडामा अनलाइनबाट दर्ताका लागि पूर्वाधार छैन

  • अर्थ सन्जाल
  • ७ बैशाख २०८०, बिहीबार १६:३५


देशभरका छ हजार सात सय ४३ वडामध्ये एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्न नसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

पञ्जीकरण सप्ताहका अवसरमा युनिसेफ र महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा इन्टरनेटको समस्याका कारण एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्न नसकेको जानकारी गराइएको हो ।

सो अवसरमा छ हजार पाँच सय ८४ वडामा अनलाइन माध्यमबाट व्यक्तिगत घटना दर्ता हुने गरेको जानकारी गराइएको थियो । कार्यक्रममा वडा वडामा व्यक्तिगत घटना दर्ता शिविर पनि सञ्चालन गर्ने गरिएको जनाइएको छ । विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले व्यक्तिगत घटना दर्तामा देखा परेका समस्या सम्बोधन गरिने प्रतिबद्धता जनाए । व्यक्तिगत घटना दर्तामा परेका समस्या समाधानका लागि आवाज बुलन्द हुनुपर्ने उनको भनाइ थियो ।

विभागले १५ दिनअघि परिपत्र जारी गरेपछिका चार दिनमा एकल महिलाका तीन सय ६६ सन्तानको जन्मदर्ता भएको उनले जानकारी दिनुभयो । परिपत्रमा केही भाषा संशोधन गर्नुपर्ने सुझाव आएको चार दिनमा त्यसलाई सुधार गरिएको उनले बताए ।

“सुत्केरी महिलाले ३५ दिनभित्र बालबालिकाको जन्मदर्ता गर्न सक्दैनन्, निजामती सेवामा काम गर्ने महिलाले ९८ दिन त बिदा नै पाउँछन्, यसैले कम्तीमा पनि ९८ दिन जन्म दर्ताका लागि समय दिनुपर्छ भन्ने हाम्रो पनि अनुभव छ”, महानिर्देशक पण्डितले भने ।

विभागका निर्देशक नवराज जैसीले जन्मदर्ता, मृत्यु दर्ता जस्ता घटना शतप्रतिशत हुने गरी अभियान चलाउन लागिएको जानकारी दिनुभयो । अदालतको फैसला अनुसार पनि जन्मदर्ता हुने गरेको जानकारी पनि उनले दिए ।

मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले जन्मदर्ता बालबालिकाको मौलिक हक भएकाले ३५ दिनपछि गर्दा पनि शुल्क नलाग्ने गरी कानुन संशोधन गर्नुपर्नेमा जोड दिएक थिए।

Artha Sanjal
मिती : ७ बैशाख २०८०, बिहीबार १६:३५ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’

यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय

प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना

ताजा समाचार

  1. ‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’
  2. यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय
  3. प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली
  4. राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना
  5. नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता
  6. शिक्षण सहजकर्ता नियुक्तीबारे प्रभावकारीता अध्ययन गर्दै कामपा
  7. विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली

विजनेश फोकस

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्...

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘...

नेपालका विज्ञहरुमै वित्तीय साक्षरता छैन: पूर्व ...

तिस वर्षमा नेपालीको प्रतिव्यक्ति आय २० हजार डलर...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.