अर्थ सन्जाल
२७ जेष्ठ २०८०, शनिबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२७ जेष्ठ २०८०, शनिबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

वाणिज्य बैंकहरुको तेस्रो त्रैमासिक रिपोर्ट : नबिल बैंकले कमायो सर्वाधिक नाफा, कुनले कति कमाए ?

  • अर्थ सन्जाल
  • ७ बैशाख २०८०, बिहीबार १४:३४


चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले ४८ अर्ब ७० करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् । हाल सञ्चालनमा रहेका २१ वटा बैंकहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्म  ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४३ अर्ब ६१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

बैंकहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार २१ वाणिज्य बैंकहरुको खुद नाफा ११.६७ प्रतिशत बढेको छ । यस अवधिमा १४ बैंकको नाफा बढेको छ भने ७ वटा बैंकको नाफा घटेको छ  ।

नाफामा नबिल बैंकको छलाङ

नबिल बैंकले सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नबिलको खुद मुनाफा ५ अर्ब नाघेको छ । यो बैंकले सो अवधिसम्मको नाफा ५२.६३ प्रतिशतले बढेर ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँमा सीमित थियो।

रकमका आधारमा ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ । यो बैंकले चैतसम्म ४ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । ग्लोबल आईएमईले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ७२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

एनआईसी एशिया पनि ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफासहित तेस्रो स्थानमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक ३ अर्ब ५७ करोड नाफासहित चौथो स्थानमा छ । यो बैंकले गत आर्थिक वर्षको तुलनामा यस वर्ष ३६.६९ प्रतिशत खुद नाफा आर्जन गरेको छ ।  गत वर्ष बैंकले २ अर्ब ६१ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक भएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ३ अर्बभन्दा बढी मुनाफा आर्जन गरेको छ । बैंकले ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो बैंकको यस्तो नाफा २ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।

एनएमबि बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ अर्ब ६७ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । यस वर्षको बैंकको नाफामा सामान्य वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा २ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ६१ करोड नाफा कमाएको छ, भने प्राइम बैंकले २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

एभरेष्ट बैंकले २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

प्रभु बैंकले १ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ, भने कुमारी बैंकले १ अर्ब ८२ करोड २ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ८० करोड ३२ लाख, नेपाल बैंकले १ अर्ब ७८ करोड २३ लाख, हिमालय बैंकले १ अर्ब ७३ करोड ८८ लाख, सानिमा बैंकको १ अर्ब ७१ करोड १६ लाख, सिद्धार्थ बैंकको १ अर्ब ४९ करोड, माछापुच्छ्रे बैंकको १ अर्ब ३५ करोड १९ लाख, लक्ष्मी बैंकको १ अर्ब २६ करोड ५३ लाख, सिटिजन्स बैंकको १ अर्ब २३ करोड ६० लाख, सनराइज बैंकले १ अर्ब १७ करोड र कृषि विकास बैंकको १ अर्ब ४ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन् ।

७ बैंकको नाफा घट्यो

हाल सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंकमध्ये ७ वटा बैंकको नाफा घटेको छ । जसमध्ये सबैभन्दा कम नाफा भने कृषि विकास बैंकको रहेको छ । सो बैंकले चैत मसान्तसम्ममा १ अर्ब ४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.३६ प्रतिशत कम हो।

सनराइज बैंकको सबैभन्दा नाफा ८.३३ प्रतिशत घटेको छ। त्यसैगरी, प्राइम बैंकको नाफा ९.३५ प्रतिशत, माछापुच्छ्रे बैंकको १२.८८ प्रतिशत , नेपाल बैंकको १८.७२ प्रतिशत, सिटिजन्स बैंकको २२.२४ प्रतिशत र सिद्धार्थ बैंकको २८.६५ प्रतिशतले घटेको छ ।

Artha Sanjal
मिती : ७ बैशाख २०८०, बिहीबार १४:३४ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’

यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय

प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना

ताजा समाचार

  1. ‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्ब ?’
  2. यी हुन् गर्मीमा हुने ‘लु’ बाट बच्ने उपाय
  3. प्रधानमन्त्रीले १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचे : केपी ओली
  4. राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना
  5. नबिल बैंक र ल्याण्डमार्क होटलबीच सम्झौता
  6. शिक्षण सहजकर्ता नियुक्तीबारे प्रभावकारीता अध्ययन गर्दै कामपा
  7. विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष ओली

विजनेश फोकस

‘स्विस बैंकमा कसरी पुग्यो नेपालीको ४७ अर्...

राष्ट्र बैंकका पूर्व गभर्नर नेपालद्वारा ‘...

नेपालका विज्ञहरुमै वित्तीय साक्षरता छैन: पूर्व ...

तिस वर्षमा नेपालीको प्रतिव्यक्ति आय २० हजार डलर...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.