अर्थ सन्जाल
१८ जेष्ठ २०८०, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ जेष्ठ २०८०, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

तेस्रो त्रैमासमा बैंकहरुको खराब कर्जा बढ्यो, कुन बैंकको कति ?

  • अर्थ सन्जाल
  • ७ बैशाख २०८०, बिहीबार १२:४०


वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । तेस्रो त्रैमासमा अधिकांश बैंकहरुको खराब कर्जा बढेको छ ।

बजारमा बैंकको खराब ५ प्रतिशतसम्म पुग्छ भनेर हल्ला फैलिएको भएपनि बैंकहरुको औसत खराब कर्जा ३.०३ प्रतिशतमा सीमित रहेको छ । यदपि बैंकको खराब कर्जा भने चालु आर्थिक वर्षको चैत मसान्तसम्म वृद्धि भएको छ । गत आवको सोही अवधिमा १.२२ प्रतिशत रहेको थियो ।

चैत मसान्तसम्म हिमालयन बैंकको खराब कर्जा सबैभन्दा धेरै रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म हिमालयन बैंकको खराब कर्जा ४.५६ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा हिमालयन बैंकको खराब कर्जा ०.९९ प्रतिशतमा सीमित थियो ।

कृषि विकास बैंकको खराब कर्जा पनि ४.३५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष बैंकको खराब कर्जा २.३२ प्रतिशतमा सीमित थियो । यो आर्थिक वर्षमा बैंकको खराब कर्जा दोब्बरले बढेको हो ।

नेपाल बैंकको खराब कर्जा पनि ४ प्रतिशत नाघेको छ । तेस्रो त्रैमाससम्म नेपाल बैंकको खराब कर्जा ४.१६ प्रतिशत पुगेको छ ।

यस्तै, गत आर्थिक वर्षमा १.७२ प्रतिशतमा सीमित रहेको यस वर्ष सिटिजन्स बैंकको ३.९८ प्रतिशत पुगेको छ ।

यस आर्थिक वर्षको चैतसम्म कुमारी बैंकको ३.९७ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कुमारीको खराब कर्जा ०.९६ प्रतिशतमा सीमित थियो ।

तेस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकको खराब कर्जा १.५ प्रतिशतबाट बढेर ३.९६ प्रतिशत पुगेको छ ।

सिद्धार्थ बैंकको खराब कर्जा पनि १.१२ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एनपीएल पनि ३.९४ प्रतिशत  पुगेको छ । अघिल्लो आर्थिक वर्षको चैतसम्म बैंकको ६यस्तो कर्जा २.२ प्रतिशतमा सीमित थियो ।

राष्ट्रिय वाणिज्य बैंकको ३.८८ प्रतिशत खराब कर्जा पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ३.०७ प्रतिशत थियो । यो बैंकको खराब कर्जामा सामान्य वृद्धि भएको हो ।

त्यसैगरी, नबिल बैंकको खराब कर्जा पनि ३ प्रतिशतभन्दा माथि नै पुगेको छ । नबिल बैंकको खराब कर्जा १.१४ प्रतिशतबाट बढेर ३.८७ प्रतिशत पुगेको बैंकको त्रैमासिक रिपोर्टले देखाएको छ ।

सनराइज बैंकको, ३.६२ प्रतिशत, प्रभुको ३.४८ प्रतिशत र प्राइम बैंकको ३.०६ प्रतिशत रहेको छ ।

एनएमबि बैंकको खराब कर्जा २.९६ प्रतिशत, माछापुच्छ्रे बैंकको २.३७ प्रतिशत र सानिमा बैंकको २.२७ प्रतिशत रहेको छ ।

अन्य बैंकको खराब कर्जा भने २ प्रतिशतभन्दा तल रहेको छ । लक्ष्मी बैंकको १.८२ प्रतिशत, नेपाल एसबिआई बैंकको ०.९७ प्रतिशत, स्ट्यान्डर्ड चाटर्ड बैंकको ०.९० प्रतिशत, एनआईसी एशिया बैंकको ०.८५ र सबभन्दा कम एभरेष्ट बैंकको ०.७० प्रतिशत रहेको छ ।

खराब कर्जा के हो ?

बैंक तथा वित्तीय संस्थाले निश्चित समयका लागि भनेर कुनै ऋणी ऋण प्रदान गरेको हुन्छ । तोकिएको समयमा कर्जा उठाउन सकेन भने त्यस्तो कर्जालाई खराब कर्जा भनिन्छ । यसलाई नन पर्फमिङ लोन अर्थात् एनपिएल पनि भनिन्छ ।

ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछि सम्म पनि बैंकले आफूले दिएको ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराब कर्जा अन्तर्गत राखिन्छ । कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराबकर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ ।

Artha Sanjal
मिती : ७ बैशाख २०८०, बिहीबार १२:४० बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने

नेप्सेमा एक कम्पनीको सेयर सूचीकृत

हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

ताजा समाचार

  1. महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने
  2. नेप्सेमा एक कम्पनीको सेयर सूचीकृत
  3. हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
  4. पाँच महिनामा चार लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए
  5. नक्कली भुटानी शरणार्थी प्रकरण : फरार रहेका महर्जन अदालत हाजिर
  6. सरकारले ल्याएको बजेट कार्यान्वयन हुन सक्दैन : पूर्वअध्यक्ष कटुवाल
  7. कर्णालीमा अझै २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी

विजनेश फोकस

हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा प...

सेयर बजारमा दोहोरो अंकको वृद्धि, सबै सूचक हरियाली

नेपालमा लगानी गर्न भियतनामलाई चेम्बर अफ कमर्सको...

अब आइएमई पेमा जम्मा १४ मा आइफोन १४ जित्ने मौका

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.