व्यापार घाटा पौने ११ खर्ब पुग्यो, आयातसँगै निर्यात पनि घट्यो

चालु आर्थिक वर्षको ९ महिनामा देशको व्यापार घाटा पौने ११ खर्ब रूपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनसार गत चैतमसान्तसम्म व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार पुगेको हो ।

गत वर्षको तुलनामा व्यापार घाटामा १७.०६ प्रतिशतले कमी आएको हो । गत वर्षको सोही अवधिमा नेपालले १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँको व्यापार घाटा व्यहोरेको थियो ।

चैत मसान्तसम्म अवधिमा कूल ११ खर्ब १ अर्ब ५० करोडको आयात हुँदा एक खर्ब १८ अर्ब २७ करोड रूपैयाँ बराबरको मात्र निर्यात भएको छ।

यसरी हेर्दा सो अवधिसम्म देशको कूल व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख बराबर भएको छ ।

गत आवमा १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने एक खर्ब ६० अर्ब ५७ करोड बराबरको माल वस्तु निर्यात भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *