सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला २५० रुपैयाँले बढेर १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ।

मंगलबार सुनको मूल्य स्थिर रहेको थियो। मंगलाब्रा छापवाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ। मंगलबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *