प्रतिनिधिसभाको बैठक आजको बैठक बस्दै छ । संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले एउटा मात्र सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को तर्फबाट राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत हुने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।




