

सरकारले लामो समयदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भू- उपयोगसम्बन्धी पहिलो संशोधन नियमावली, २०७९ पारित गर्दै कित्ताकाट खुला गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारकी प्रवक्ता, सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले यो निर्णयले जग्गाको अंशबण्डा र कारोबारलाई सहज बनाउने बताइन् । उनले भूमि सुधार मन्त्रालयको प्रस्तावमा जग्गाको कित्ताकाट खुलाउने निर्णय भएको जानकारी दिइकी हुन् ।
Artha Sanjal

अर्थ सन्जाल