कोरोनाबाट दुई जनाको मृत्यु, एकैदिन १७१ संक्रमित थपिए

कोरोना भाइरस संक्रमणबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्‍यु भएको जानकारी दिएको हो ।

यस्तै मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको हो ।

मंगलबार थपिएकासँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *