

नेपाली बजारमा (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा स्थिर रहेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार पनि सुनको मूल्य स्थिर रहेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
Artha Sanjal

अर्थ सन्जाल