अर्थ सन्जाल
२५ जेष्ठ २०८०, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
२५ जेष्ठ २०८०, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

चिस्यान केन्द्र छ, दूध सङ्कलन छैन

  • अर्थ सन्जाल
  • ५ बैशाख २०८०, मंगलवार ०९:१५



जाजरकोट । प्रदेश सरकारको ५० लाख बजेटमा भेरी नगरपालिका–४ मा निर्माण गरिएको दुग्ध चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको छैन। कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ को वार्षिक स्वीकृत बजेटबाट कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थालाई चिस्यान केन्द्र बनाउन सो रकम उपलब्ध गराएको थियो।

किसानको दूध सङ्कलन गरी आवश्यकताअनुसार बजारमा आपूर्ति गर्ने उद्देश्यसाथ चिस्यान केन्द्र निर्माण गरिएको हो। सो बजेटले एकतले पक्की भवन निर्माण गरिएको छ। भवनमा दुई हजार लिटरको चिलिङ भ्याट मेसिन खरिद गरी राखिएको छ। भवनको माथिल्लो तला कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नै लगानीमा निर्माण गरेको हो। भवनको तल्लो तलाको एक सटरमा भ्याट मेसिन राखिएको छ । गोरखापत्रमा छापिएको छ।

माथिल्लो तला सहकारीमार्फत सञ्चालित कस्तुरी बोर्डिङ स्कुलले प्रयोग गरेको छ। कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ललितराज भण्डारीका अनुसार चिस्यान केन्द्र सञ्चालन गर्न आवश्यक उपकरण खरिदमा प्रदेश सरकारले सहयोग गरेको छैन। संस्थाको आन्तरिक स्रोत नभएका कारण भ्याट मेसिन प्रयोगमा आउन नसकेको अध्यक्ष भण्डारीले बताए ।

कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाले पञ्चवर्षीय योजनासहित चिस्यान केन्द्र निर्माण गरी सञ्चालनको जिम्मा लिएको थियो। प्रदेश सरकारबाट थप बजेट नआएपछि सञ्चालनमा ल्याउन नसकेको बताइन्छ। अध्यक्ष भण्डारीले प्रदेश सरकारले दिएको ५० लाख रुपियाँमध्ये मापदण्डअनुसार नभएको आरोप लगाएर भेरी नगरपालिकाले ४२ लाख मात्र भुक्तानी दिएको जानकारी दिए । भेरी नगरपालिका–४ का सत्यदेव आचार्यले प्रदेश सरकारका योजना नातागोता र पार्टी कार्यकर्ता पाल्ने प्रयोजनमा मात्र उपयोग भइरहेको आरोप लगाए ।

प्रदेश सरकारद्वारा सञ्चालित अधिकांश योजना बजेट अभावमा अलपत्र परेका छन्। नलगाड नगरपालिका–५, कालीमाटीमा स्थापना भएको पञ्चासे बहुउद्देश्यीय सहकारी संस्थाले चिस्यान केन्द्र स्थापनाका लागि ५० लाख बजेट प्राप्त गरेको थियो। उक्त संस्थाले बजेटअनुसार कार्यक्रम गर्न सकेको छैन। सोही आर्थिक वर्षमा चिस्यान केन्द्र निर्माणका लागि बजेट प्राप्त गरेका कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था र पञ्चासे बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालनमा ल्याउन सकेका छैनन्।

Artha Sanjal
मिती : ५ बैशाख २०८०, मंगलवार ०९:१५ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्री प्रचण्डबाट हुदैँ

डलरको मूल्य घट्यो ,कुन देशको कति ?

शरणार्थी प्रकरणमा अभियुक्तको बचाऊ गर्दै वकिलले भने,- ‘क्यान्सर लागेको मान्छे ठगीमा कसरी संलग्न हुन्छ ?’

भारतसँग भूमि साट्ने निर्णय अरुलेनै गरिसकेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री प्रचण्ड

ताजा समाचार

  1. लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्त्री प्रचण्डबाट हुदैँ
  2. डलरको मूल्य घट्यो ,कुन देशको कति ?
  3. शरणार्थी प्रकरणमा अभियुक्तको बचाऊ गर्दै वकिलले भने,- ‘क्यान्सर लागेको मान्छे ठगीमा कसरी संलग्न हुन्छ ?’
  4. भारतसँग भूमि साट्ने निर्णय अरुलेनै गरिसकेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री प्रचण्ड
  5. गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको अमेरिकी नागरिकता
  6. करेन्ट चाउचाउले गर्यो वाइवाइ ट्रेडमार्कको नक्कल,कारबाही हुनुपर्ने सिजीको माग
  7. शाओमीले ल्यायो ‘एक्सचेन्ज अफर’, पुरानो स्मार्टफोन साट्न सकिने

विजनेश फोकस

लुम्बिनी केबलकारको औपचारिक उद्घाटन आज प्रधानमन्...

राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजनबीच सम्झौता

झिनो अंकले बढ्यो नेप्से, कारोबारमा सुधार

नेप्स पीसीआई एसएससीको सल्लाहकार समितिमा चयन

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.