नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा निरक केसी निर्वाचित

निरक केसी नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निर्वाचित भएका छन् । आज कोषाध्यक्ष पदको लागि भएको निर्वाचनमा प्रवलजंग पाण्डेलाई पराजित गर्दै केसी कोषाध्यक्ष निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार निर्वाचनमा कुल खसेको ६८ मतमध्ये केसीले ३८ मत पाउँदा उनका प्रतिस्पर्धी प्रवलजंग पाण्डेले २९ मत मात्रै पाएका भने खसेको मध्ये १ मत बदर भएको थियो । कोषाध्यक्षमा निर्वाचित भएका केसी सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *