प्रभु लाइफ इन्स्योरेन्सका सञ्चालक मनि राम पोखरेलले दिए पदबाट राजीनामा

प्रभु लाइफ इन्स्योरेन्सका सञ्चालक मनि राम पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वैशाख ३ गतेदेखि लागू हुनेगरी सञ्चालक पदबाट राजिनामा पेश दिएका हुन् ।

नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ५० ‘ट’ मा भएको व्यवस्था कार्यान्वयन गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । प्राधिकरणले कम्पनीहरुलाई चैत १७ गते पत्र पठाउँदै ऐनअनुसार सञ्चालकहरुको व्यवस्थापन गरी गराई १५ दिनभित्र जानकारी गराउन भनि पत्र काटेको थियो ।

बीमा ऐनको दफा ५० को ट अनुसार सार्वजनिक पद धारण गरेको वा सरकारको स्वामित्व प्राप्त संस्था, प्राधिकरण, बोर्ड, बीमक, बैंक तथा वित्तीय संस्थाको बहालवाला कर्मचारी समेत बीमकको सञ्चालक हुन अयोग्य हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *